आफ्नै भाई र छोराको हत्या, दुई छोरा गम्भीर घाइते



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ लोरीबाङका एक व्यक्तिले आफनै भाई र छोराको हत्या गरेका छन् ।

बुधबार बिहान करिव ५ बजेतिर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका १४ लोरीबाङका ३६ बर्षका शंकर बिष्टले आफ्नै २० बर्षका भाई गोर्कण बिष्ट र ६ बर्षका छोरा सुर्दशन बिष्टलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । यस्तै खुकुरी प्रहारबाट छोराहरु १३ बर्षका प्रकाश बिष्ट र १० बर्षका दिनेश बिष्ट पनि गम्भीर घाइते छन् ।

घाइतेको जिल्ला अस्पताल रुकुममा उपचार हुन नसकेपछि नेपालगंज रेफर गरिएको छ । हत्यामा संलग्न शंकर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरा र भाइको हत्या र २ छोरालाई घाइते बनाएपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको जनाइएको छ । शंकरले आफूमाथी पनि हसिया प्रहार गरेको खुलेको छ । शंकरको २ वर्षदेखि मानसिक सन्तुलन गुमेको सुन्नमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्