कालीगण्डकी बगरबाट आठ ट्याक्टर प्रक्राउ



पर्वत ।
कालीगण्डकी नदीमा अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका आठ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले कुस्मा नगरपालिका वडा नं १ राजाको बगरबाट बालुवा उत्खनन गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीको गस्ती टोलीले बिहीबार दिउँसो ध १ त ३७३ , ग १ त ५२५१, ग १ त ५११२, ध १ त ७२ ,ध १ त ३६६, ध १ त ३९३ , ध १ त १९६ र ध १ त ४१३ न को ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्तणमा लिएका ट्याक्टरलाई आवश्यक काबार्हीका लागि शुक्रबार कुस्मा नगरपालिकामा बुझाइएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
प्रहरीले नदी किनारमा बालुवा अबैध रुपमा उत्खनन गरेको र चोरी निकासी गरेको आरोपमा सवारी साधन नियन्त्रणमा लिए पनि कुस्मा नगरपालिकाले न्युनतम ५ सय जरिवाना तिराएर छाड्ने गरेको छ। पटके काबार्हीमा पर्ने सवारी साधनहरुलाई अधिकतम ५० हजार सम्म जरिवाना गर्ने ब्यबस्था छ ।
प्रहरीले दिउँसोमा मज्दुरले खोलाबाट निकालेर बिक्रीका लागि पठाउने तयारी गरेको अवस्थामा नियन्त्रमा लिएपनि रातको समयमा ठुला उपकरण प्रयोग गरि बालुवा उत्खनन गर्ने क्रसर ब्यबसायी र निर्माण ब्यबसायीलाई छुट दिएको आरोप मज्दुरहरुले लगाउँदै आएका छन । ठुला ब्यबसायीले राती २ बजे देखि बिहान ४ बजे सम्म बालुवा निकाल्ने तर मज्दुरलाई हातमुख जोड्न अवरोध गरेको भन्दै क्युपेक नेपालमा आबद्ध मज्दुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनालाई गुनासो गरेका थिए । नदीमा बालुवा निकालेर गुजारा गर्ने मज्दुरको संख्या १ सय भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्