यमनको हवाइ हमला थुपै्र बालबालिका मारिए



साना,(एजेन्सी)
लडाकुहरुको कब्जामा रहेको उत्तरी यमनमा साउदी अ‍ेरेवियाको नेतृत्वमा रहेको गठबन्धन विहिवार फौजले हवाई आक्रमण गर्दा थुप्रै बालबालिका सहित दर्जनौं व्यक्ति मारिएका तथा घाइते भएका छन् । ति मारिने व्यक्तहरु हमलाकोबेला सादा प्रान्तको दाहयान बजार हुँदै बसबाट गइरहेको सुरक्षा सुत्रले जनाएको छ ।

लडाकु हौथी मुभमेन्टद्वरा संचालित स्वास्थ मन्त्रालयले कम्तिमा त्रिचालिस जना मारिएको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय संस्था रेडक्रसले मारिनेहरु मध्ये अधिकांश दस वर्ष उमेर मुनिका बालबालिका रहेको जनाएको छ । हौथी लडाकुहरु विरुद्धको युद्धमा यमनको सरकारी फौजलाई सघाउँदै आएको गठबन्धन फौजले आफ्नो आक्रमण वैध र जायज रहेको दावी गरेको छ ।

एक विज्ञप्ति मार्फत गठबन्धन फौजका प्रवक्त कर्णेल टुर्की अल माल्कीले भनेका छन् , ‘ यस हवाई आक्रमणले अन्तर्राष्ट्रिय र मानव अधिकार कानुनलाई पालना गरेको छ । दक्षिणी साउदी शहर जिवजानमा सर्वसाधारण माथि लक्षित भएको क्षेप्यास्त्र आक्रमणको जवाफमा यो हमला गरिएको हो । हामीले कहिलेपनि जानीजानी सर्वसाधारण क्षेत्रमा आक्रमण गर्दैनौं । ’

तर मानव अधिार समुहहरुले तिन वर्षयता गठबन्धन फौजले बजार , बिद्यालय , अस्पताल र आवासिय क्षत्रहरुमा आक्रमण गर्दै आइरहेको अरोप लगाएका छन् ।

सन् २०१४ मा राष्ट्रपति अब्द«ाब्बुह मन्सुर हादीलाई साउदी अरेवियामा पलायन हुन बाध्य बनाइएर राजधानी साना लगायत यमनको अधिकांश उत्तर भागमा हौथी मुभमेनटले कब्जा गरेयता झण्डै दस हजार मानिसको ज्यान गइसकेको छ । मारिने मध्ये दुई तिहाइ सर्वसाधारण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्