विकासमा छलाङ मार्दै कालिकोटः एक घर एक धारा देखि जिवन प्रवद्र्धन कार्यक्रमसम्म



sdr

लक्ष भन्दा दोब्वर राजस्व संकलन

 

कालीवहादुर मल्ल, कालिकोट ।

यस जिल्लाको रास्कोट नगरपालिकाको विकास निर्माण तिव्र गतिमा चलेको छ । रास्कोट नगरपालिले हाल विकास निर्माणका कार्यमा तिव्रता ल्याएको छ । सडक, खानेपानी, बिद्युत लगाएतका बिकास निर्माणका योजनाहरुलाई उच्च प्राथमिकतामा राखेको नगरपालिकाले एक बर्षमा सबै वडाको टोल टोलमा सडक सबै घरमा बिजुली बत्ती पुगाउने योजना रहेको छ । यस्तै एक घर एक धारा र सबै घरपरिवारमा जिवन प्रबद्र्धन कार्यक्रम पुर्याउने लक्ष्य राखेको नगरपालिका प्रमुख कासिचन्द्र बरालले वताउनुभएको छ ।

एक बर्षमा सबै वडा टोल टोलमा सडक

नगरपालिकाले रास्कोट बजार देखि वास्तोलासम्म ४ किलो मिटर, मेलामाडु देखि लडेखोलासम्म ३ किलो मिटर, चाटेखोला देखि कुमालवाडा सम्म ३ किलो मिटर, वडिमालिका मावि देखि चुत्रिकोटसम्म ४ किलो मिटर, वडिमालिका मावि देखि राउलाघरसम्म ४ किलो मिटर सडक निमार्ण भएको छ ।

sdr

यस्तै बुडीसैन देखी कर्णालीचौरसम्म ३ किलो मिटर, सेराचौर देखि तुसार खोलासम्म ४ किलो मिटर, चामतोला देखि वगाने खोलासम्म ३ किलो मिटर र गोगने देखि बड्डालासम्म ३ किलो मिटर गरि जम्मा ३१ किलो मिटर संडक निर्माण कार्य सम्पन्न गरेको छ । यस आर्थिक वर्षमा सबै वडाका सबै टोल टोलमा सडक निर्माण गर्ने योजना रहेको जनाएको छ ।

एक घर एक धारा

वडा नम्वर १ देखि ९ सम्मका सबै घरधुरीमा यसै बर्ष एक घर एक धारा बितरण गर्ने तयारी भइरहेको नगरपालिकाले नगरपालिकाका उपप्रमुख मिमसरा वम वताउनुभएको छ । उहाँका अनुसार नगरपालिकाले ९ वडावाट एक घर एक धारा कार्यक्रम सुरु गरेको छ भने २०७५ साल भित्र सवै वडाका सबै घरधुरीमा खानेपानी धारा पु¥याउने लक्ष्य लिएको छ ।

सबै घरमा उज्यालो

हाल संन्चालनमा रहेको पोदमारा साना जलबिद्युत आयोजनाद्धारा प्रसारित बिद्य्ुतबाट उज्लायो प्रदान गरि रहेको र थप नगरभित्रको उर्जा आबश्यतmालाई मध्यनजर गरि नगरपालिकाले सान्निघाट धुवानेछडा जलबिद्युत आयोजना निर्माणका लागि डिपिआर तयार भई सरकार संग साझेदारी गरी योजना बनाइएको छ । ती आयोजानहरुको यसै वर्षबाट काम सुचारु हुने जनाइएको छ ।

उक्त जलबिद्युत आयोजनावाट एक मेघावाट बिद्युत उत्पादन गर्ने तयारी समेत रहेको छ । नगरपालिकाले ६० किलोवाट हावावाट बिद्युत उत्पादन गर्न मंसिरवाट निर्माण कार्य शुरु गर्ने तयारी भइरहेको नगरपालिका प्रमुख कासिचन्द्र बरालले बताए । ‘त्यस्तै ६० किलोवाट सौर्य बिद्युत उत्पादन मंसिरबाट सुरु हुने उनको भनाइ छ ।’

नगरपालिकामा स्वास्थ्य सेवा विस्तार

रास्कोट नगरपालिकाले १५ सैयाको रास्कोट नगर अस्पताल स्थापना गर्ने कार्य अघिबढाएको छ । नागरिकको स्वास्थ्य अधिकार संरक्षण गर्न नगर अस्पतालमा ल्याव सेवा र फार्मेसि सेवा सञ्चालन भइरहेको नगर प्रमुख बरालले बताए ।

मावि तह निशुल्क शिक्षाको अभ्यास

रास्कोट नगरपालिकाले माध्यमिक तह (१२ कक्षा) सम्म निशुल्क शिक्षा प्रदान गर्ने लक्ष राखेको छ । नगरपालिकामा सञ्चालन भएका सबै बिद्यालयहरुमा गणित, विज्ञान र अंग्रेजि विषयलाई आधार बनायर टेलि एजुकेशन सिस्टमवाट अध्यापन गराईने छ । यो शैक्षिक शत्रवाट कक्षा १ देखि ३ सम्म अध्यापन गराउन सक्ने बिद्यालयलार्ई अंग्रेजि माध्यामवाट संचालन गर्ने नगरपालिका प्रमुख बरालले जानकारी गराउनुभएको छ ।

तिब्र आर्थिक बिकाश

आफ्नै डोजर भएको रास्कोट नगरपालिकाले कालिकोट जिल्लाकै सबैभन्दा बढी २० लाख राजश्व संकलन गरेका छ । नगरपालिका, सहकारी र निजि क्षेत्रको सहकार्यमा दश वटा शुपथ मुल्य पशलहरु संचालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले ९ वडामा एक एक पसल र नगरपालिकामा एक शुपथ पसल राख्ने तथा नगरपालिका, सहकारी र निजि क्षेत्रको सहकार्यमा एउटा सुफत एग्रोभेट सञ्चालन भईरहेको छ । बरालले भने नगरपालिकाले सडक, खानेपानी, बिद्यूत, स्वास्थ्य, शिक्षा, सिचाई, सहकारी र संचारलाई पहिलो प्राथमिकतामा राखेको छ ।

जिवन प्रवद्र्धन कार्यक्रम

नगरपालिकाले सबै घरमा भान्सा, शौचालय, करेसाबाढी, घर आगन स्वच्छ सफा राख्नुका साथै घरपरिवारका सबै सदस्यहरुको आनिवानी देखी जिवन परिवर्तनका तथा पुर्ण सरसफाइका लागि हिमचुलि कृषि सहकारी संस्थासँगको साझेदारीमा जिवन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका प्रमुख बरालले जानकारी गराउनु भयो । यस नगरपालिका अन्तरगत ३,६,८ वडाका १ सय ३५ घरधुरीमा सुरु भैसकेको छ । उहाँका अनुसार यसै वर्ष भित्र सबै वडाका ३ हजार घरधुरीका महिला, वालवालिका र बृद्धहरुमा केन्द्रित हुनेगरी कार्यक्रम लागु गरिने छ ।

प्रतिक्रिया दिनुहोस्