अवरुद्ध जयपृथ्वीराजमार्ग सुचारु



विनोद सिंह विष्ट, बैतडी
लगातारको बर्षाले सडकमा पहिरो खसेपछि गएरातीदेखि अवरुद्ध भएको जयपृथ्वीराजमार्ग बिहानबाट सुचारु भएको छ ।

बैतडीको पाटन नगरपालिका वडा नं ८ विन्द्रावन नजिकै सडकमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । स्थानीय र यात्रुहरुको सहयोगमा अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । राजमार्गको खोड्पे श्रीभावर सडकखण्ड अन्तर्गत बेलाबेलामा पहिरो खस्ने गरेको छ ।

सडक खुलेपछि सवारी साधनहरु आवतजावत हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्