५ नम्बर प्रदेशको नामाकरण र स्थायी राजधानीको माग गर्दै बैठक अवरोध



सभा एक दिनका लागि स्थगित

यमलाल भुसाल, वुटवल ।

प्रदेश नं. ५ को प्रदेश सभाको आईतवारको दोस्रो अधिवेशनको २४ वैठक शुरु हुना साथ प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध गरेपछि सोमवार सम्मका लागि स्थगित भएको छ । नेपाली काग्रेसले सभामुख र उपसमुख परक फरक दलको हुनुपर्ने सबैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश सभाको बैठक सुरु हुना साथ बोल्दै काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख फरक दलको हुनु् पर्ने संबैधानिक व्यवस्था कायार्यान्वयनको माग गर्नुभयो ।

सचेतक निर्मलाले प्रदेश सभाको बैठकमा विशेष समय लिएर सम्बिधानमा टेकेर वर्तमान सरकार अगाडी बढन नसकेको, प्रदेश ५ को स्थायी राजधानी र प्रदेशको नामाकरण गर्न नसकेको र सभामुख र उपसभामुख संबिधानको मर्म अनुरुप हुनु पर्ने माग गदै यी विषयमा मुख्य मन्त्रीले सभामा जवाफ दिनु पर्ने माग गर्नु भएको थियो ।

उहाले संबैधानिक व्यवस्था कार्यान्वयनको माग र स्थायी राजधानी र प्रदेशको नामाकरणका वारेमा मुख्य मन्त्रीले सभालाई जवाफ नदिदासम्म बैठक चल्न नदिने बताएपछी प्रमुख प्रतिपक्षी दल काग्रेसका सबै सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए ।

सांसदहरु उठिरहेपछी सभामुख पुर्ण बहादुर घर्तिले आईतवाकोे बैठक स्थगित गर्नु भएको छ । स्थगित बैठक सोमवार दिउसो १ बजेका लागि वोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्