तेक्वान्दो खेलाडी सम्मानित



काठमाडौं, (नेस)
छैठौ साउथ एशियन आमन्त्रित (आईटिएफ) तेक्वान्दो प्रतियोगितामा नेपालकोतर्फबाट पदक प्राप्त गरेका भक्तपुरका खेलाडीलाई सम्मान गरिएको छ । प्रमुख अतिथि सुर्य बिनायक नगरपालिकाका मेयर बासुदेब थापाले उनीहरुलाई शनिबार एक कार्यक्रम अन्तर्गत सम्मान गरेका हुन् ।

भक्तपुरका खेलाडीले ७ स्वर्ण, ९ रजत र १५ कास्य हात पादै नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । शनिवार सम्मानित सोनी खड्काले दोहोरो स्वर्ण जितेकी थिईन् । बालकोट निवासी सोनीले महिला तेश्रो डान कालो पेटीको प्याट्रनतर्फ स्वर्ण जितेकी थिईन् ।

सोनी टिम स्पाईरिङमा पनि नेपाललाई स्वर्ण जिताउदा टिमकी महतवपूर्ण सदस्य थिईन् । त्यस्तै स्वर्ण पदक ल्याएर सम्मानित हुनेमा महिलातर्फ अभिना राई ,सबिना लामा र अनिषा कार्की रहेका छन् । पुरुषतर्फ स्वर्ण ल्याएर सम्मान हुनेमा शिशिर राई र आशिष भुजेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्