डढेलोमा परी ५ को मृत्यु, १७ जना सम्पर्कबिहीन



काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जङ्गगलमा फैलिएको डढेलोमा परी २ बालकसहित पाँच जनाको मृत्यु भएको छ ।

आगलागी नियन्त्रण बाहिरा जाँदा १७ जना सम्पर्कबिहीन भएका छन् । आगलागीबाट हजाराैं हेक्कटर वनविनास भएको छ भने दशौं हजार मानिस विस्थापित भएका छन् ।

आगलागीमा परेर एकजना ७० वर्षीया महिला र दुई बालबालिकाको मृत्यु भएको छ । आगो नियन्त्रणमा खटिएका दुई अग्नि नियन्त्रकको पनि मृत्यु भएको छ ।

आगलागीबाट कम्तिमा पाँच सय घरहरु जलेर ध्वस्त भएका छन् भने हजारौं घरहरु जोखिममा परेका छन् । हालसम्म आगलागी करिव १९४ वर्गकिलोमिटर सम्म फैलिइ सकेको छ । आगोनियन्त्रण लागि सरकारकाे प्रयास जारी  छ ।

प्रतिक्रिया दिनुहोस्