हजार्डको मूल्य आकासियो



लन्डन, (एजेन्सी)
युरोपियन फुटबल लिगको नयाँ सिजन शुरु हुन लागेको छ । नयाँ सिजनका लागि ला लिगा क्लब रियल मेड्रिडले क्रिस्टियानो रोनाल्डोको खाली स्थान पूर्ति गर्न प्रयासमा छ । चेल्सीका इडेन हजार्डलाई क्लबमा ल्याउन रियलले कोसिस रहेकोमा चेल्सीले रियललाई स्तब्ध बनाएको छ । चेल्सीले विश्व रेकर्ड रकम माँग गरेपछि रियलका लागि हजार्ड भित्रयाउन शायद सफल हुन नसक्ने संकेत भएको छ । प्रिमियर लिग क्लबले हजार्डको लागि २ सय मिलियन पाउन्ड रकम तोकेको छ ।

चेल्सीका प्रमुख प्रशिक्षक माउरिजीओ सारीले हजार्ड र विलियनसँग काम गर्न चासो राखेका छन् । यसैले उनीहरु विक्रीको लागि नभएको चेल्सीले पहिल्यै टुंगो लगाएको थियो । शायद यसैले पनि होला चेल्सीले हजार्डको लागि महगो रकम राखेको छ । जबकी बेल्जियमका खेलाडीको स्टामफोर्ड ब्रीजमा सम्झौताको अवधि बढाएको पनि छैन । हजार्डको लागि यो चिन्ताको विषय भएको छ । हालको सम्झौतामा उनको सम्झौता अवधि दुई वर्ष बाँकी छ । उनको सम्झौता नवीकरण भएमा सातामा उनले ३ लाख पाउन्ड पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्