भारत: धनजनको क्षति



नयाँदिल्ली (एजेन्सी)
भारतको उडिसामा बाढीका कारण अहिलेसम्म कम्तिमा २० जनाको मृत्यु भइसकेको छ । हालैका अविरल बर्षाका कारण आएको वाढीले उडिसाको कम्तिमा २० जिलाका ३ लाख भन्दा धेरै नागरिक प्रभावित छन् । स्थानिय प्रशासनको एक अनुमानमा बाढीले ८ हजार भन्दा धेरै घर क्षतिग्रष्त भएको उल्लेख गरिएको छ ।

 

उडिसाका कयौं जिलामा जुलाइ १५ देखि नै भिषण बर्षा भइरहेको छ । सरकारी अधिकारीहरुले विगत दुई दिनमा त्यहाँको स्थितिमा सुधार आएको दावी गरेका छन् । तर मौसम विभागले आगामी केदि दिनमा पनि भिषण बर्षाको सम्भावना रहेको र नागरिकले सतर्क रहनु पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्