जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन



टोकियो ।
जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ ।

जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

सन् १९०१ को मे २ तारिखमा जन्मिनु भएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो ।

गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो ।

आइतबार निधन हुनु भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो ।

उहाँको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बन्नुभएको मन्त्रालयले जनाएको छ ।

तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उहाँ अहिले ११५ वर्षको हुनुभएको छ ।

जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बन्नुभएको छ । उहाँलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । उहाँको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्