शरणार्थी सुपुर्दगी विरुद्ध हँगामा



स्टकहोम,(एजेन्सी)
एकजना अफगान शरणार्थीलाई स्वदेस फर्काउन नदिन एकजना स्विडेनी अभियन्ताले गरेको स्टन्टलाई सामाजिक संजालमा निकै स्वागत र प्रशंसा गरिएको छ । विश्वविद्यालयका बिद्यार्थी एलिन एस्र्सोनले ति अफगानलाई चढाइने उडानकै टिकट खरिद गरेकी थिइन् ।

उनले सोमवार भएको उक्त घटनाको दौरान ति शरणार्थीलाई विमानबाट नओरालिएसम्म आफु सिटमा नबस्ने अडान लिएकी थिइन् । उनले आफ्नो विरोध प्रदर्शन फेसबुक मार्फत प्रत्यक्ष प्रदर्शन गरिरहँदा अन्य यात्रुहरु र एयरलाइनका चालक दलबिच निकै तनाव भएको थियो ।

उनको यस कार्यको अधिकांशले समर्थन गरेपनि केहिले भने उनी अनावशइक रुपमा उत्ताउली भएके आरोप लगाएका छन् । सामाजिक संजालमा भाइरल भएको उनको भिडियो व्यापक रुपमा सेयर भएको छ भने झण्डै दस लाख व्यक्तिले यसलाई हेरिसकेका छन् । एस्र्सोनले विमानका अन्य यात्रुलाई आफु अफगानिस्तानलाई सुरक्षित राष्ट्रको सुचिमा राखेर यसरी शरणार्थी फर्काउने स्विडेनी सुपुर्दगी नीतिबाट असहमत रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्