अमेरिका: समाचार गलत



वासिङटन (एजेन्सी)
भारतको मुम्बइमा भएको २६÷११ हमलाका योजनाकार पाकिस्तानी मुलका अमेरिकी नागरिक डेविड कोलमयानमाथि घातक हमला भएको समाचारलाई उनका वकिलले अस्विकार गरेको छ ।

उक्त आक्रमणको योजनाकार रहेको आरोपमा सिकागोको एक संघिय जेलमा ३५ बर्षको जेल सजायँ काटिरहेका छन् । हेडलीका वकिल जोन थिसले हेडली सिकागो र अस्पताल दुवै ठाउँमा नभएको जानकारी दिए । तर वकिलले हेडली बसिरहेको स्थान बताउन अस्विकार गरेको छ ।

हेडलीमाथि केही कैदीले जेलमै हमला गरेको बताइएको थियो । समाचारमा हेडली आइसीयुमा भर्ना गरिएको र जीवन मृत्युको दोसाँधमा रहेको उल्लेख गरिएका थियो ।

प्रतिक्रिया दिनुहोस्