मलेरियालाई निमित्यान्न पार्ने औषधीलाई अनुमति



न्युयोर्क (एजेन्सी)
मलेरिया विरामी स्वस्थ भएपछि पनि यसको अंश कलेजोमा कहीं न कहीं बाँकी रहने गर्छ । जसले गर्दा यो पटक पटक दोहोरिने खतरा रहन्छ ।

यसरी मेलेरियाबाट प्रत्यक बर्ष पिडित हुनेको संख्या ८५ लाख छन् । ‘प्लाजमोडियम विवक्स‘ नामको यो मलेरियाको उपचारका लािग विशेष औषधीलाई अमेरिकाले स्विकृति दिएको छ । विगत आठ बर्षको प्रयासपछि वैज्ञानिकहरुले यो सफलता हासिल गरेका हुन् ।

यो औषधीको नाम टेफेनोक्वाइन हो । विश्वभरीका स्वास्थ निकायले अब यो औषधीको जाँच गरिरहेका छन् । उनीहरुले यसबाट आफनो देशमा मेलेरिया प्रभावितहरुलाई यो औषधीबाट फाइदा पुर्याउन सक्ने अपेक्षा गरेका छन् ।

प्लाज्मोडियम विवक्स मेलेरिया उप–सहारा अफ्रिका बाहिर हुने गरेको सबैभन्दा आम मलेरिया हो । यो रोग ठीक भइसकेपछि पनि दोस्रो र तेस्रो पटक हुने खतरा भएकोले यसलाई खतरनाक रोगका रुपमा लिइन्छ ।

यस प्रकारको मलेरियाको सबैभन्दा बढी खतरा बच्चाहरुलाई हुने गर्छ । पटक पटक दोहोरिने यो रोगका कारण बच्चा कमजोर हुने गर्छ ।

संक्रमित विरामी यो रोग फैलाउने माध्यम पनि बन्न सबछ । जब कुनै लामखुट्टेले उसलाई टोकेपछि अर्कोलाई टोक्न जान्छ, त्यसले अर्को ब्यक्ती पनि उक्त संक्रमणबाट प्रभावित हुन सक्छ ।

त्यसैले पनि मलेरिया विरुद्धको संघर्ष त्यति सहज छैन । तर अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए)ले यस प्रकारको मलेरियालाई हराउन सक्षम टेफेनोक्वाइन औषधीलाई अनुमति दिएको हो ।


यो औषधीले कलेजोमा लुकेका प्लाजमोडियम विवोक्सका अंशलाई समाप्त पार्न सक्छ र पटक पटक यो रोग लाग्ने सम्भावना रहँदैन । तत्काल फाइदाका लािग यो अन्य औषधीसँग पनि लिन सकिने बताइएको छ ।

प्लाजमोडियम विवक्स मेलेरिया उपचारका लागि पहिले देखि प्राइमाकिन नामक औषधी प्रयोग हुँदै आइरहेको छ । यो औषधी १४ दिनसम्म लगातार लिनु पर्ने हुन्छ। तर टेफेनोक्वाइनको एक मात्राले नै विरामीले रोगबाट मुक्ती पाउन सक्छ, ।

एफडीएले औषधी प्रभावकारी भएको र अमेरिकी नागरिकलाई दिन सक्ने जनाएको छ । संस्थाले उक्त औषधीको साइड–इफेक्टका बारेमा पनि चेतावनी दिएको छ ।
जुन विरामी इन्जाइमको समस्यासँग लडिरहेको छ, उनीहरुमा यो औषधीले रक्त अल्पता हुन सक्छ । त्यसैले उनीहरुले यो औषधी प्रयोग गर्न नहुने बताइएको छ ।

टेफेनोक्वाइनको एक मात्राले नै रोगको निदान हुनु ठुलो उपलब्धि भएको र मलेरियाको उपचारमा विगत ६० बर्षमा यसतो सफलता प्राप्त नभएको अक्सफोर्ड विश्व विद्यालयका प्रोफेसर रिक प्राइसले बताए ।

प्रतिक्रिया दिनुहोस्