ग्रिस: ६० ज्यान लियो



एथेन्स (एजेन्सी)
ग्रीसको राजधानी एथेन्सको वरपर अटिका इलाकको जंगलमा लागेको आगोले कम्तिमा ६० जनाको मृत्यु भएको बताइएको छ । विगत एक दशकको यो सबैभन्दा भयावह आगलागी हो । यही इलाका आगलागीको केन्द्र भएको जनाइएको छ ।

यसअघि ग्रीस सरकारले २४ को मृत्यु भएको पुष्टि गरेको थियो । उद्धारकमीहरुले आगोमा फसेकाहरुलाई निकाल्न डुंगा र हेलिकप्टरको प्रयोग गरिरहेका छन् । सयौं दमकल आगो नियन्त्रणका लागि परिचालन गरिएका छन् । आगो तिब्र रुपमा फैलिएपछि ग्रीसले यसमा अन्तराष्ट्रिय मद्दतका लागि अपिल गरेको छ । आगो निभाउन सरकारले सबै प्रकारका प्रयास गर्ने प्रधानमन्त्री अलेक्सेइले बताए ।

प्रतिक्रिया दिनुहोस्