बाँध भत्किँदा अज्ञात संख्यामा मृत्यु



भियनसियन,(एजेन्सी)
दक्षिण पुर्वी लाओसको एक निर्माणाधिन बाँध भत्किँदा अज्ञात संख्यामा मानिसहरुको ज्यान जानुका साथै अन्यौ सयौं वेपत्ता भएके सरकारी संचार माध्यमले मंगलवार जनाएको छ ।
सोमवार राति अत्तापेउ प्रान्तको जलबिद्युत बाँध अचानक भत्ँिकदा छ वटा गाउँमा बाढी आएको लाओ समाचार निकायले जनाएके छ । यस घटनामा ६ हजार ६ सय जना भन्दा बढि व्यक्ति घरबारहिहिन भएके पनि बताइएको छ ।

सार्वजनिक भएका तस्वीरहरुमा अलपत्र परेका गाउँलेहरु डुबानमा परेका घरहरुको छतमा बसिरहेका र डुँगामा राखेर मानिसहरुलाई सुरक्षित गन्तब्य तर्फ लगिँदै गरेको देखिन्छन् । से पियान से नाम्नोय नामक उक्त बाँधको निर्माण कार्य सन् २०१३ मा शुरु भएको थियो ।
आगामी वर्ष यसले व्यवसायिक कार्य थालनी गर्ने योजना रहेको थियो ।

यस परियोजनाको प्रमुख थाइ सरोकारवाला रात्चाबुरी इलेक्ट्रिसिटी जेनेरेटिंग होल्डिंगले आफुलाई एक्कासी बाँधका अपरेटरले ७ सय ७० मिटर लामो र १६ मिटर अग्लो बाँढ ढलेको खवर दिएको जनाएको छ ।

लगातार भइरहेको वर्षको कारण पनि ठूलो आयतनमा जलाशयमा पानी जम्मा भएको बताइएको छ । लाओसका प्रधानमन्त्री थोँगलोन सिसोलिथले सरकारी बैठकहरु स्थगित गरी समस्याग्रस्त क्षेत्र सानाम्साय जिल्लामा उद्धार कार्यको अनुगमनका लागि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्