पाकिस्तान: नवाजलाई लेख्न दिएन



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफलाई रावलपिंडीको अडियाला जेलमा बी क्लासको सुविधा दिइएको छ । तर उनले चाहेका सामान्य सुविधा दिइएको छैन ।

भ्रष्टाचारको मामिलामा दोषी ठहर्याइएपछि जेलमा बन्द नवाज सरिफले आफुलाई भेट्न आएका निकट ब्यक्तीहरुसँग उक्त गुणासो गरेका थिए । सरिफले लेख्नका लागि कागज र कलम मागेको तर जेल अधिकारीहरुले ती सामाग्री उपलब्ध गराउन अस्विकार गरेका थिए । उनलाई दुईवटा मात्र च्यानल आउने टीभी र एउटा अखबार मात्र उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्