रुसका विदेश मन्त्री इजरायल भ्रमणमा



जेरुसेलम ।
रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभ र सेना प्रमुख सोमबार इजरायल आइपुग्न लाग्नु भएको छ ।

छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्न उहाँहरु इजरायल आउन लाग्नु भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी दिनुभएको हो ।

सोमबार बेलुका अबेर इजरायल आइपुग्ने गरी गर्न लागेको रुसी उच्च अधिकारीहरुको यो भ्रमणलाई अर्थपूर्ण र महत्वपूर्ण भ्रमणको रुपमा हेरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा यो भ्रमण हुन लागेको प्रधानमन्त्री नेतान्याहुले आफ्नो मन्त्रिपरिषद् बैठकको शुरुमा बताउनुभएको हो ।

केही दिन अगाडि पुटिनसँग भएको कुराकानीका क्रममा पुटिनले आफूसँग यस्तो प्रकारको भ्रमणको प्रस्ताव राखेको नेतान्याहुले जानकारी दिनुभएको छ ।

दुई नेताहरुले पछिल्ला केही महिना सिरिया र इरानमा भइरहेका द्वन्द्वका बारेमा पटक पटक छलफल गर्नुभएको समाचारमा जनाइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्