एघारजना ट्याक्सी ड्राइभर मारिए



जोहाननेसवर्ग,(एजेन्सी)
दक्षिण अफ्रिकामा बन्दुकधारीहरुले एघार जना ट्याक्सी ड्राइभरलाई एम्वुसमा पारेर मारेको प्रहरीले जनाएको छ । शनिवार राति गाउटेंग प्रान्त निवासी तिनीहरुचढेको मिनिबसमा अन्धाधसन्ध गोली चलाइएको थियो ।

तिनीहरु त्यसबेला राजधानी जोहान्नेसवर्ग तर्फ जाँदै थिए । समुद« तटिय क्षेत्र क्वा–जुलु नाटालमा आफ्ना एकजना सहकर्मिको अन्त्येष्टि कार्यक्रममा भाग लिएर फर्किँदै गरेका तिनीहरु माथि अचानक गरिएको यस आक्रमणमा अन्य चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

यस आक्रमणको कारण स्पष्ट भएके छैन । तर दक्षिण अफ्रिकाको यस मार्गमा विगतमा पनि विभिन्न समुहबिच भिडन्त हुने गरेको छ । करिव ५ करोड ५० लाख जनसंख्या भएको दक्षिण अफ्रिकामा मिनिबस ट्याक्सी सबैभन्दा लोकप्रिय यातायातको साधन हो ।

प्रहरी प्रवक्ता ब्रिगेडियर वे नाइकरले कोलेन्सो र विनेन शहरबिचको मार्गमा आक्रमण भएको जानकारी दिएका छन् । प्रहरीले यस सम्बन्धमा अनुसन्धान शुरु गरिसकेको छ । केहि दिन अघिमात्र राजधानी जोहान्नेसवर्गमा एउटा ट्याक्सी भित्र त्यसका मालिकलाई गोली हानी मारिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्