बेलायत: कविता विवाद



लन्डन (एजेन्सी)
बेलायतको म्यानचेस्टर युनिभर्सिटीको एक पर्खालमा प्रसिद्ध कवि रुडयार्ड किपलिंगको एउटा भारतिय मुलका विद्यार्थीहरुले मेटेका छन् । विद्यार्थीहरुले कवितामा प्रयोग भएका शब्दले उनीहरु आहत भएको र यसैकारण त्यसलाई पर्खालबाट हटाएको बताएका छन् ।

भारतिय मुलका छात्रछात्राका अनुसार अंग्रेजी कवि तथा लेखक रुडयार्ड किपलिंगको उक्त कवितामा जातिय टिप्पणी गरिएको र यसले भारतमा बेलायती सासनको समर्थन गरेको छ । किपलिंगले ‘इफ‘ कविता सन् १८९५ मा लेखेका थिए । उक्त कविताको स्थानमा विद्यार्थीहरुले अमेरिकी कवि तथा मानव अधिकारवादी माया एन्जेलोको ‘स्टिल आई राइज‘ कविता पेन्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्