बहुमूल्य मूर्तिसहित दुई पक्राउ



काठमाडौँ ।
महानगरीय अपराध महाशाखाले करीब १०० वर्ष पुरानो बहुमूल्य मूर्तिसहित दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले प्राचीन पुरातात्विक महत्वको मूर्ति बिक्री गर्न हिँड्दै गरेका पाल्पाका २७ वर्षीय दोलखबहादुर सोमई र काभ्रेपलाञ्चोकका ३७ वर्षीय दीपक मैनालीलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले मैनालीको कोठामा रहेको मूर्ति सोमईलाई बेच्न दिएकाले दुवै जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । ढलौटको मूर्ति आठ किलोग्राम १७० तौल र ३४ सेन्टिमिटर लम्बाइ रहेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्