सूर्या लाईफ इन्स्योरेन्सले लाभांश दिने



काठमाडौं, (नेस) सँर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारणसभाले शेयधनीलाई १२ प्रतिशत बोनस शेयर लाभांश र कर प्रयोजनको लागि ६३ लाख ८२ हजार ८९५ रुपियाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर लाभांश पश्चात कायम हुने शेयर पुँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ ।
कम्पनीले यसअघिको वार्षिक सधारणसभाबाट पारित गरिएको १० प्रतिशत बोनस शेयर वितरण गरी ४० प्रतिशत हकप्रद शेयरसमेत जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्