धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन



काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ।

निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो। दुईसातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनलाई छातिमा निमोनियाको इन्फेक्सन भएको थियो।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपण समेत गरिएका सुब्बा छातीमा निमोनियाको इन्फेक्सन देखिए पछि  दुईसातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । सुब्बा नेकपा निकट नेपाल लोकतान्त्रीक लिम्बु संघ का महासचिव समेत रहेका  थिए ।

प्रतिक्रिया दिनुहोस्