मौसमी नियम



ट्राफिक प्रहरीका नियम पनि खाल–खालका हुन्छन् । २÷४ महिना ट्राफिक नियम कडा हुन्छ अनि २/÷४ महिनापछि त्यही नियम उल्लंघन गर्दा पनि देख्या नदेख्यै गर्ने, अचम्मै देखिन्छ/सुनिन्छ । सवारी चालक मात्रै होइन, ट्राफिक नियममा पैदलयात्रु पनि जोडिन्छन् ।

फेरि महिनौंपछि आइतबारदेखि ट्राफिकले पैदलयात्रु र सवारी चालकलाई घोक्रेठ्याक लाउन शुरु ग¥या छ । ठूलो चर्चा र प्रचारविनै ट्राफिक कारबाहीमा उत्रिएपछि उपत्यकामा ४ हजारभन्दा बढी पैदलयात्रु पक्राउ परेको देखियो । त्यति मात्रै कहाँ हो र, आधा घन्टा फुटपाथमै ट्राफिक नियमको क्लास पनि लिएको/दिएको देख्दा फेरि मौसमी अभियान रहेछ भन्ने धरहरालाई लाग्यो ।

यो अभियान नौलो भने होइन, त्यही भएर त धरहरालाई मौसमी अभियान भन्न मन लाग्छ । अनि अरुलाई नियम कानुन सिकाउन पछि नपर्ने तर भएका ट्राफिक नियम उल्लंघन गर्ने पैदलयात्रुलाई झन् के भन्नु ? फुटपाथ, जेब्राक्रस, आकाशेपुल नजिकै हुँदाहुँदै त्यो आफ्ना लागि होइन, नियम त अरुकै लागि हो भनेर ‘ओभर स्मार्ट’ हुनैपर्ने ।

नियम कडाइ गर्नुअघि ट्राफिकले पनि भएका ट्राफिक लाइट, जेब्राक्रसलगायत अन्य सडक संकेत कति चुस्त दुरुस्त छन् भन्ने ख्याल ग¥या छ कि छैन ? धेरै ठाउँका जेब्राक्रस पहिचान गर्नै गाह्रो छ, प्रस्ट देखिँदैन । यस्ता सुझावबारे ट्राफिकका कनिष्ठदेखि वरिष्ठहरुलाई चेतना भया ।

प्रतिक्रिया दिनुहोस्