प्रेमिल गीतमा आर्यन र साम्राज्ञी



नायक आर्यन सिग्देलको होम प्रोडक्सनबाट बनेको फिल्म कायराको गीत रिलिज गरिएको छ। आर एन्ड आर प्रोडक्सन तथा आर्यनको आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मको सुखमा तिमीसँगै हासूँ बोलको गीत सार्वजनिक गरिएको हो।

रिलिज गरिएको प्रेमिल गीतमा नायक सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको भावनात्मक मायाप्रेम चित्रण गरिएको छ। फिल्ममा आर्यन र साम्राज्ञीका साथमा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिष श्रेष्ठलगायतका कलाकार प्रमुख भूमिकामा छन्।

राजकुमार भट्टको कार्यकारी निर्माणमा बनेको फिल्म लक्ष्मण रिजालको निर्माण र निर्देशनमा बनेको छ। फिल्ममा कथा आर्यन सिग्देल, पटकथा र संवाद केदार भुसाल, गीत रचना र संगीत कोसिस क्षेत्री, गायन केतन क्षेत्री, छायांकन शिवराम श्रेष्ठ (आशिकी), कोरियोग्राफी प्रविन सिंह तथा सम्पादन बनिष शाह र मिलन श्रेष्ठको रहेको छ। फिल्म आगामी साउन १९ गते रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्