कौटिन्होलाई पीएसजीको प्रस्ताव



पेरिस, (एजेन्सी)
ब्राजिलियन राष्ट्रिय टिम र बार्सिलोनाका स्टार भित्र्याउन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले २ सय ७० मिलियन यूरोको प्रस्ताव राखेको बताइएको छ ।

एक स्पेनिस पत्रिकाका अनुसार कौटिन्होलाई पीएसजीमा स्थान्तरणका लागि उक्त रकमको प्रस्ताव आएको लेखिएको छ । गत सिजन बार्सिलोनाबाट किर्तिमानी मूल्य २ सय २२ मिलियन यूरोमा नेयमार किनेको पीएसजीले कौटिन्होमाथि सो रकम खर्चन तयार भएको जनाइएको छ । बार्सिलोनाले भने कौटिन्होको रिलिज क्लज ४ सय मिलियन तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्