बेलायती विदेशमन्त्री जोन्सनद्वारा राजिनामा



लन्डन (एजेन्सी)
बेलायतका विदेशमन्त्री बोरिस जोन्सनले युरोपेली संघबाट बाहिरीने ब्रक्जिटलाई लिएर प्रधानमन्त्रीको नितिसँग असहमति जनाउँदै पदबाट राजिनामा दिएका छन् । युरोपेली संघबाट अलग हनु बेलायतसँग नौ महिनाभन्दा कम मात्र समय बाँकी रहेको बेला उनको राजिनामाले त्यहाँको राजनितिमा ठुलो उठलपुथल ल्याएको छ ।

जोन्सन भन्दा एक दिन अगाडी नै डेविड डेविस राजिनामा दिएको थियो । उनी युरोपेली संघबाट अलग हुनु मामिलामा बेलायती सरकारको तर्फबाट मुख्य वार्ताकार थिए ।

बोरिस जोनसनको यस राजिनामाले प्रधानमन्त्री टेरिजा मेलाई कठिन परिस्थितिमा पुर्याएको बताइएको छ । यो संकट उनका लागि बढ्दै जाने अनुमान गरिएको छ । युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले बेलायती विदेशमन्त्रीको राजिनामालाई लिएर राजनेता आउने जाने भइरहने प्रतिक्रिया दिएका छन् ।

बेक्जिट विचार बोरिस जोन्सनको प्रस्तानसँगै विदा नहोस् भन्नेमा उनले खेद पनि ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्