प्राकृतिक प्रकोपमा मर्नेको संख्या एक सय पुग्यो



टोक्यो,(एजेन्सी)
जापानको पश्चिमी क्षेत्रका केही भागमामा परेको अविरल भिषण वर्षाका कारण सोमबार बिहान सम्ममा ज्यान जानेको संख्या १ सय पुगेको जापानी सरकारी अधिकारीहरुलाई उदरित गर्दै जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था एनएचकेले जनाएको छ । यसघटनामा अझै दर्जनै व्यक्ति वेपत्ता भएका छन् भने सरकारले यसअघि नै २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगि सकेको छ ।

हराएका व्यक्तिहरुको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानकोसरकारी समाचार संस्था क्योडोले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएको अवस्थामा फेला परेको जनाएको छ ।

जापानको राजधानी टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा र हिरोसिमा शहरम बाढी र पहिरोबाट सबैभन्दा बढि प्रभावित रहेको छ । ति क्षेत्रमा बिद्युत आपुर्ति पनि अवरुद्ध भएको छ ।

यसैबीच टोकियोबाट प्राप्त एक समाचारमा जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको अपुरणिय क्षतिको कारण देखाउँदै बुधबारबाट हुने भनिएको आफ्नो पुर्व निर्धारित विदेश भ्रमण स्थगित गरेका छन् । उनको बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्ट भ्रमणको कार्यक्रम रहेको थियो

प्रतिक्रिया दिनुहोस्