मजदूरको न्यूनतम पारिश्रमिक वृद्धि



काठमाडौं, (नेस)
मजदूरको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आआर्थिक वर्षदेखि लागू हुने गरी मजदूरको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपिया“ निर्धारण गरेको हो ।

मुलुकभर लागू हुने नया“ न्यूनतम पारिश्रमिकको आधारमा दैनिक ज्याला ५ सय १७ रुपिया“ र प्रतिघण्टा ज्याला ७० रुपिया“ तोकिएको छ ।

कायम भएको न्यूनतम पारिश्रमिकका आधारमा श्रमिकको सञ्चय कोषमा १० प्रतिशत, उपदानमा ८ दशमलव ३३ प्रतिशत र मासिक सुरक्षा कोष कट्टीमा १ दशमलव ६७ प्रतिशत थप गरी श्रमिक सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको छ । यसका अलावा श्रमिकले पाउने चाडपर्व खर्च, बिदावापतको भुक्तानी, सुत्केरी एवम् सुत्केरी स्याहार खर्च र स्वास्थ्य एवम् दुर्घटना बीमावापतको रकममा समेत वृद्धि गरिएको छ । मजदूरको न्यूनतम पारिश्रमिक यसअघिको भन्दा करिब ३९ प्रतिशतले बढी हो ।

रोजगारदाताको क्षमता र श्रमिकको मागलाई विचार गरी विभिन्न सरकारले न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी नया“ पारिश्रमिक निर्धारण गर्ने उक्त निर्णयले श्रमको उत्पादकत्व अभिवृद्धि गर्न योगदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्