सामडोभले लिए सन्यास



मस्को, (एजेन्सी)
फिफा विश्वकप २०१८ को क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि रुसी मिडफिल्डर एलेक्जेन्डर सामडोभले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।

३३ वर्षीय फुटबलर सामडोभले शनिवार क्वाटरफाइनलमा क्रोएसियसंग पराजित भएपछि सन्यासको घोषणा गरेका हुन् । क्रोएसियासँग हारेपछि आफूलाई मिश्रित अनुभव भएको उनले बताए। उनले भने– मैले निर्णय लिइसकेँ मेरो लागि अब छाड्ने समय आएको छ ।

यो नै राष्ट्रिय टिमका लागि मेरो अन्तिम खेल हो। हामीले समर्थकलाई गर्व गर्न लायक काम ग¥यौँ किनकी हामीले राम्रो फुटबल खेल्यौँ। यसरी अन्त्य हुनु दुःखद् हो।’
सामडोभ सन् २०११ मा रसियन राष्ट्रिय टिममा छनोट भएका थिए। उनले ५३ खेल खेल्दै ७ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्