विश्वकप जित्न नसकेका महान फुटबलर



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपको क्वाटरफाइनल सकिँदासम्म डिफेन्डिग जर्मनीसहित ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, स्पेन जस्ता बलिया मानिएका टोलीहरु बाहिरिसकेका छन् । विश्वकप इतिहासमा सेमीफाइनलको खेल सुरु हुन पूर्व यी टोलीहरु बाहिरिएको पहिलो पटक हो ।

योसँगै ती टिममा रहेका केही ठूला स्टारको विश्वकप जित्ने सपना पनि अधुरै रह्यो ।
लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेयमार जस्ता अहिलेका उत्कृष्ट फुटबलरहरु बिना नै विश्वकपको फाइनल हुने निश्चित भइसकेको छ । यीमध्ये पनि मेसी र रोनाल्डो त चार विश्वकप खेलेर पनि अन्तिम १६ मा गोल गर्न सफल हुन सकेनन् ।

चार बर्ष पछि सन् २०२२ मा कतारमा हुने विश्वकपमा रोनाल्डो र मेसीले वा नखेल्ने यसै भन्न सक्ने अवस्था छैन । यदि उनीहरु मैदानमा देखा परेमा ३१ बर्षिय मेसी र ३३ बर्षिय रोनाल्डोले पुनः एकपटक विश्वकप जित्ने प्रयास पक्कै गर्नेछन् । तर, पनि उनीहरुको उमेरका कारण पनि त्यो विश्वकपमा उत्कृष्ट खेल्न सक्छन् भन्नेमै शंका उत्पन्न हुन्छ ।

क्लब स्तरको प्रदर्शनलाई विश्लेषण गर्ने हो भने मेसी र रोनाल्डो अहिलेका सर्वश्रेष्ठ खेलाडी हो भन्दा कुनै शंका छैन । तर यिनिहरु त्यस्ता खेलाडी पनि हुन् जसले समान ५–५ पटक फिफा वर्ष खेलाडी र ब्यालोन डे ओर अवार्ड पाएर पनि देशका लागि विश्वकप भने दिलाउन सकेका छैनन् ।

यस्तो हुने उनीहरु मात्रै होइनन् , यो भन्दा पहिला पनि केही उत्कृष्ट खेलाडी पनि यस्तै अभागी ठहरिएका छन् । उनीहरुले आफ्नो खेलले संसारलाई लठ्ठ बनाए तर विश्वकप भने कहिले जित्न सकेनन् ।

क्रुफ
हल्याण्डका जोहान क्रुफ यूरोपको इतिहासका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छन् । सन् १८७४ मा पश्चिम जर्मनीमा भएको विश्वकपमा उनले आफ्नो टिमको नेतृत्व गरेका थिए र ‘टोटल फुटबल’ को रणनीति अपनाउँदै फाइनलसम्म पुगे ।

तर त्यो ऐतिहासिक खेलमा उनको टोली जर्मनीसँग १–२ गोल अन्तरले हा¥यो । क्रुफले तीन पटक गोल्डेन बलको उपाधि जिते तर विश्वकपको उपाधि भने जित्न सकेनन् ।

भान बास्टेन
यसैगरी हल्यान्डका अर्का अभागी खेलाडी हुन मार्को भान बास्टेन । मार्कोले केवल एक पटक मात्रै विश्वकप खेले । सन् १९९० मा इटालीमा भएको विश्वकपमा उनले खेलेका थिए ।

१९८८ मा उनले आफ्नो टिमबाट यूरोपियन च्याम्पियन्सशिपको उपाधि जितेका थिए । १९९२ मा उनी विश्वका सर्वश्रेष्ठ खेलाडी भए र गोल्डेन बल समेत जिते । तर १९९३ मा २८ बर्षको हुँदा खुट्टामा लागेको गम्भिर चोटले उनको करियर समाप्त भयो ।

पुस्कास
फेरेन्क पुस्कासलाई एक सर्वकालिन उत्कृष्ट फवार्डका रुपमा लिइन्छ । सन् १९५२ मा भएको ओलम्पिकमा उनले आफ्नो टिमलाई स्वर्णपदक दिलाए । १९५४ मा स्विट्जरल्याण्डमा भएको विश्वकपमा उनको टोली फाइनलसम्म पुग्यो पनि । उनको टिम उपाधिको प्रवल दावेदार थियो तर पश्चिम जर्मनीसँग हार्न पुग्यो ।

सन् १९६२ मा पुस्कासले स्पेनको नागरिकता लिए र त्यही बर्ष चिलीमा भएको विश्वकप पनि खेले । तर त्यो विश्वकप पनि उनले जित्न सकेनन् ।

स्टेफानो
फिफाले अल्फ्रेडो डी स्टेफानोलाई २० औं शताब्दीका पाँच उत्कृष्ट फुटबलरको सूचीमा समावेश गरेको थियो । उक्त सूचीमा पेले, म्याराडोना, क्रुफ र बेकेनबाउर समावेश थिए ।
उत्कृष्ट फुटबलर भएपनि स्टेफानोले विश्वकप जित्न सकेनन् । उनले सन् १९५० र १९५४ को विश्वकपमा अर्जेन्टिनाबाट खेलेका थिए ।

अर्जेन्टिना छोडेर स्पेनको नागरिकता लिएका उनले १९५८ को विश्वकपमा स्पेनलाई छनौट गराउन सकेनन् । त्यसको चार बर्षपछि चिलीमा भएको विश्वकपमा चोटका कारण उनले खेल्न सकेनन् ।

फेरेरा
पोर्चुगलका महान् फुटबलर यूसेबियो डा सिल्भा फेरेराको जन्म अफ्रिकी देश मोजाम्बिकमा भएको थियो । त्यो समय त्यहाँ पोर्चुगलको शासन थियो । युसेबियो पार्चुगलका महान फुटबलर हुन् । सन् १९६५ मा उनी यूरोपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए ।

त्यसको एक बर्ष पछि इंग्ल्याण्डमा भएको यूरोकपमा यूसेबियोले उत्कृष्ट खेल्दै टोलीलाई सेमिफाइनलसम्म पु¥याए । तर त्यो खेलमा इंग्ल्याण्डले पोर्चुगललाई १–२ गोलले हरायो । त्यसताका उनी विश्व फुटबल जगतको महान् खेलाडीमा दरिन्थ्यो । तर उनले फिफा विश्वकपको उपाधि भने पोर्चुगललाई कहिले दिलाउन सकेनन् । उनको दुर्भाग्यलाई अहिले पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले पनि दोहो¥याई रहेका छन् ।

वेस्ट
फिफा विश्वकप उचाल्न बञ्चित हुनेमा उत्तरी आयरल्याण्डका महान् खेलाडी जर्ज वेस्ट पनि समावेश छन् । उनी सम्मिलित आयरिश फुटबल टोली कहिले पनि विश्वकपमा सहभागि हुन सकेनन् । उनले डेनिस लावी र बबी चाल्र्टनसँग मिलेर १९६८ को यूरोपियन कप आफ्नो टिम म्यानचेस्टर युनाइटेडलाई उपाधि दिलाए । त्यही बर्ष उनलाई यूरोपका सर्वश्रेष्ठ खेलाडी चुनियो ।

यी बाहेक अन्य थुप्रै उत्कृष्ट खेलाडीले विश्वकप जित्न सकेनन् । पाउलो माल्डिनी (इटाली), लुइस फिगो (पोर्चुगल), जिको (ब्राजिल), मिचेल प्लाटिनी (फ्रान्स), रोबर्टो बाजियो (इटाली), गाब्रिएल बाटिस्टुता (अर्जेन्टिना), एलन शियरर (इंग्ल्याण्ड), डेभिड बेकह्याम (इंग्ल्याण्ड), ज्लाटन इब्राहिमोभिच (स्वीडेन) पनि यो सूचीमा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्