नताल्या फेरि चर्चामा



मस्को, (एजेन्सी)
विश्वकपमा सबैभन्दा चर्चित र हटेस्ट फ्यान नताल्या नीमचिनोभा फेरि एकपटक चर्चामा आएकी छन् । नताल्याले आफनो फुटबल फ्यानलाई एउटा ठूलै उपहार दिने घोषणा गरेपछि चर्चित बनिन् । उनले यदि रुसले विश्वकप जितेमा हट फोटो शुट गराउने बताएकी छिन् । तर उनले यसका लागि शर्त पनि जारी गरेकी छिन् ।

उनले बताइन कि रुसका पुरै फुटबल टिम उनको साथ फोटो शुटमा भाग लिएमा हट फोटो शुट गराउनेछिन् । नताल्याले एक ब्लगर फ्योडोर मेसलोभको एक प्रश्नमा उक्त कुरा भनेकी हुन् ।

रुस सरकारले विश्वकपका लागि सुपर मोडल भिक्टोरिया लोपीरेभालाई ब्रान्ड एम्बासेडर बनाएको थियो । तर जबदेखि प्रतियोगिताको उदघाटन समारोह भयो त्यतिबेला देखि नतल्याको चर्चा चल्न थाल्यो । उनले उदघाटन समारोहमा फुटबलका सानदार गोलकिपर इकेर कासिलाससँग भाग लिएकी थिइन् ।

नताल्याको फोटो देखेर मान्छेहरुले उनलाई पोर्न चलचित्रमा काम गरेको पता लगाएका थिए । तर नाताल्याले भने खुलासा गरिन कि उनी कहिल्यै पोर्न स्टार बनेकी छैनन् । जुन भिडियो हालै सार्वजिन भयो त्यो उनका पूर्व प्रेमीले छल गरेर लिक गरेको बताएकी थिइन् । उनले बताइन कि कहिल्यै पैसाको लागि लुगा फुकालेकी छैनन् खाली शोखका लागि मोडलिङ गरेकी, बाँकी सबै हल्ला हो ।

प्रतिक्रिया दिनुहोस्