युभेन्टस रोनाल्डोलाई किन्ने तरखरमा



रोम, (एजेन्सी)
रियल मेड्रिडले क्रिस्टियानो रोनाल्डोका लागि युभेन्टसबाट प्रस्ताव आएको ८ करोड ८० लाख पाउन्डमा विचार गरिरहेको छ।

३३ वर्षीय पोर्चुगलका फरवार्ड ४ सय ५१ गोलसहित रियल मेड्रिडका सदावहार गोल कर्ता हुन्। तर, रोनाल्डो उमेर र क्लबलाई पुनर्संरचना गर्नका लागि उनको आवश्यक भएको रियलले बताइएको छ। गत सिजनमा बार्सिलोना च्याम्पियन बन्दा रियल १७ अंकले पछाडि थियो। ३३ वर्षीय रोनाल्डोले मेमा रियलसँगै पाँचौं च्याम्पियन्स लिग उपाधि जितेका थिए।

किएभमा लिभरपुलमाथि जिते हासिल गरेपछि रियलका मेनेजर जिनेदिन जिदानले क्लब छाडेका थिए। उनलाई युलेन लोपेटेगुईले स्थापन्न गरेका छन्। पाँचपटकका बेलन डीअर विजेता रोनाल्डोको भविष्यबारे केही वर्ष यतादेखि छलफल भइरहेको छ। उनको सम्बन्ध रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग राम्रो नभएको पनि जनाइएको छ।

यदि युभेन्टसमा रोनाल्डो आबद्ध भएमा इटालियन क्लबको ट्रान्सफर रकम कीर्तिमान तोडिनेछ। यसअघि अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिग्वेनलाई सन् २०१६ मा रियलले ७ करोड ९० लाख पाउन्ड तिरेको थियो। यही नै अहिलेसम्म युभेन्टसको सबैभन्दा बढी ट्रान्सफर रकम हो। रियलले सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रोनाल्डोलाई खरिद गर्दा ८ करोड पाउन्ड तिरेको थियो। हाल युभेन्टसले ८० लाख पाउन्ड बढी तिर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्