मेक्सिकोको राष्टपति चुनाव नतिजामा ट्रम्पको प्रभाव, लोपेजसँग मिलेर काम गर्ने ट्रम्पको चाहना



वासिङटन (एजेन्सी)
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेको १० दिन मात्र भएको थियो, मेक्सिकोका बामपन्थी नेता म्याुनएल लोपेज ओब्राडोले‘ आप्रवासीको रक्षा‘का लागि अमेरिका जाने घोषणा गरेका थिए । यो सन् २०१७ जनवरीको घटना हो ।

उक्त भ्रमणका क्रममा उनी अमेरिकाको फरक फरक सहरमा गए र ट्रम्पमाथि हिटलर शैली अपनाइरहेको आरोप लगाएका थिए । ‘हिटलरले यहुदीका बारेमा‘ जसरी कुरा गरेका थिए, ठीक त्यसरी नै मेक्सिकोका नागरिकका बारेमा ट्रम्पले कुरा गरिरहेको उनले आरोपमा भनेका थिए । लापेजले ट्रम्पमाथि मेक्सिकोका नागरिक विरुद्ध घृणायुक्त अभियान चलाइरहेको आरोप पनि लगाएको थिए ।

पछि उनले उक्त यात्राको अनुभवमा ‘हे ट्रम्प‘ नामक किताब पनि लेखे । लापेजले यी सबै गरिरहँदा मेक्सिकोका विद्यमान राष्ट्रपति एनरिक पेना निएटो मौन थिए ।

सन् २०१० मा साहित्यमा नोबेल पुरस्कार जीतेका पेरुका लेखक र पत्रकार मारियो वर्गास लियोसाले मेक्सिकोका जनताको अपमान गरि ट्रम्पले लोपेजको मार्ग सहज बनाइदिएको बताएका थिए ।

मक्सिकोको राष्ट्रपति पदको चुनाव जितेपछि लोपेज र ट्रम्पबीच सोमबार आपसी फोनबार्ता भएको पुष्टि भएको छ । उनीहरुबीच फोनमा करिब आधा घण्टा कुरा भएको थियो । वार्तामा उनीहरुले अवैध घुसपैठ तथा पलायन रोक्ने र सुरक्षा बढाउने विषयमा चर्चा गरेका थिए ।
यसअघि ट्रम्पले ट्विट गर्दै मेक्सिकोका नव निर्वाचित राष्टपति लोपेजलाई बधाइ दिइसकेका थिए । आफनो ट्विटमा उनले दुई देशको राम्रो भविष्यका लागि उसँग मिलेर काम गर्ने इच्छा ब्यक्त गरेका थिए ।

उनले भने – म आन्ड्रेज मेनुअल लोपेज ओब्राडोरलाई मेक्सिकोका भावी राष्टपति बन्न गइरहेकोमा बधाइ दिन चाहन्छु । म उसँग मिलेर काम गर्ने पर्खाइमा छु । अमेरिका र मेक्सिकोको फाइदाका लागि हामीलाई अहिले धेरै गुर्नछ ।

मेक्सिकन काउन्सिलअफ इन्टरनेसनल अफियर्सले अध्यक्ष लुईस रुबियोकोका अनुसार मेक्सिकोको चुनावमा ट्रम्पको अप्रत्यक्ष असर परेको छ ।

रुबियोले भने– मेक्सिकोका धेरैजसो ट्रम्पको अपमानजनक बयान प्रति रुष्ट छन् । उनीहरु मेक्सिकोका कुनै पनि नेताले ट्रम्पलाई कुनै जवाफ पनि नदिएको र आम जनताले बुझ्ने गरि कुनै काम पनि नगरेकोमा पनि उनीहरु रुष्ट थिए ।

हालैका दिनमा मेक्सिकोबाट अमेरिकी सीमा घुषपैठ गर्ने अवैध आप्रवासी र उनीहरुका बच्चालाई लिएर दुई देशबीच तनाव बढेको छ । आप्रवासीका बच्चालाई उनीहरुबाट अलग गरेको र बच्चालाई ‘हिरासत केन्द्र‘मा राखिएकोमा ट्रम्प प्रशासनको ब्यापक आलोचना भयो । विवाद अत्यधिक बढेपछि ट्रम्पलाई परिवारबाट बच्चा अलग नगर्ने आदेश जारी गर्नु पर्यो ।

चुनावमा लापेजको विजयमा ट्रम्पको प्रत्यक्ष हस्तक्षेप देखिन्दैन । ट्रम्पले खुलेर मेक्सिकोका चुनावका विषयमा केहिपनि वोलेको छैन । केहि विशेषज्ञ पनि मेक्सिको चुनावी नतिजामा ट्रम्पको भुमिकालाई अस्विकार गरेका छन् ।

एक चुनावी फर्मका निर्देशक जर्ज वेडिंयाले भने–मेक्सिको चुनावी अभियानको विषय ट्रम्प थिएन । मलाई उनको केहि असर छ, जस्तो लाग्दैन ।

मेक्सिकोको चुनावी मैदानमा उत्रेका सबै उम्मेदवार ट्रम्पका बारेमा लोपेजको विचारसँग सहमत राख्छन् । ट्रम्पलाई मेक्सिकोका जनता अन्यन्तै मनपराउँदैनन् । त्यहा प्रत्यक १० मध्य ८ मतदाता ट्रम्पका बारेमा नकारात्मक सोच राख्ने गरेको उनले बताए ।

कयौंले लोपेजको जीतको पछाडी भ्रष्टाचार र हिँसा जस्ता मुद्दामा जनताले झल्नु परेको समस्यामा भएको बताएका छन् । लोपेजले ती आन्तरिक मुद्दामा कामग गर्ने प्रतिबद्धता गरेका थिए ।

ट्रम्प र लोपेज दुर्ब विदेशी देशसँगको सम्बन्धलाई भन्दा देशको राजनितिमा धेरै ध्यान दिन्छन् । ट्रम्पले जस्तै लोपेजले पनि अमेरिकाबाट भ्रष्ट सत्ता हटाउने प्रतिबद्धता गरेका थिए । तर अमेरिकाको झुबावलाई ‘दक्षिण‘ र मेक्सिकोको झुकावलाई ‘वाम ‘ मानिएको छ ।

दुई नेताबीच सम्बन्धलाई लिएर केहि विज्ञहरु उनीहरुबीच एक अर्कालाई बुझन कठिन हुने बताउँछन् । किनभने उनीहरु एक अर्काबाट विचारधारमा धेरै भिन्न छन् । तर केहि राजनितिक विश्लेषकले भने उनीहरुबीच राम्रो तालमेल हुने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्