केन गोल्डेन बुटको दावेदारीमा



मस्को, (एजेन्सी)
रसियामा जारी फिफा विश्वकप अन्तर्गत समुह ’जी’ को उपविजेता टोली इंगल्याण्डले समुह चरणका खेलहरुमा निकै राम्रो प्रदर्शन गरेको थियो ।

विश्वकप जित्ने उद्देश्यका साथमा रुस आएको टोलीले समुह चरणको अन्तिम खेलमा भने बेल्जियमसँग हारको सामना गरेको थियो । विश्वकप फाइनलसम्मको बाटो केही सहज पार्नका लागि सो खेल हारेको सुत्रले जनाएको थियो । सुत्रले जनाएअनुसार उनीहरु क्वाटरफाइनलमा ब्राजिलसँग खेल्न चाहेको थिएन ।

इंगल्याण्डका कप्तान तथा स्ट्राइकर ह्यारी केनको भूमिका मंगलबारको खेलमा निकै महत्वपूर्ण बनेको थियो । उनले पेनाल्टीमा गोल गर्दै कोलम्बियाविरुद्धको खेलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। योसँगै जारी विश्वकपमा उनले आफ्नो गोलसंख्या ६ पुर्याएको छ। यसकारण उनलाई गोल्डेन बुटको प्रमुख दावेदार मानिएको छ ।

उनले समुहचरणको दुई खेलमा ५ गोल गरेका थिए। उनले एक खेलमा ह्याट्रिक पनि पूरा गरेका थिए । यो विश्वकपमा उनी गोल्डेन बुट पाउनसक्ने खेलाडी सूचीको अग्रस्थानमा छन। स्वीडेनविरुद्ध हुने क्वाटरफाइनलमा पनि उनले आफ्नो गोल संख्या बढाउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्