उपाध्यक्ष शाहीको राजीनामा



ललितपुर, (नेस)
पुल्चोक स्पोर्टस क्लबका उपाध्यक्ष सुदिल शाहीले राजिनामा दिनुभएको छ । क्लबको पदाधिकारीहरुको गतिविधिको कारण आफुले राजिनामा दिनुभएको जनाउनुभएको छ । करिब एक दशकदेखि क्लबको हितमा अघि बढ्दै आउनुभएका शाहीले असन्तुष्ट जनाउदै राजिनामा दिनुभएको हो ।

क्लब संचालन र पदाधिकारीहरुको गतिविधिले संगसंगै अगाडी बढ्न सक्ने वातावरण नदेखिएकोले क्लबको उपाध्यक्ष पदबाट राजिनामा दिएको राजिनामापत्रमा उल्लेख गर्नुभएको छ । लामो समयदेखि आजको दिनसम्म विभिन्न पदमा रही सेवा गर्ने मौका दिनुभएकोमा क्लब परिवारलाई धन्यवाद दिनुभएको पत्रमा उल्लेख गर्नुभएको छ । लामो समयसम्म पुल्चोक क्षेत्रको सामाजिक कार्यमा लाग्दै आउनुभएका शाहीले सो क्लबलाई यो स्थानसम्म ल्याउन महत्वपुर्ण योगदान गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्