स्वीडेन २४ वर्षपछि क्वाटरफाइनलमा



मस्को, (एजेन्सी)
इमिल फोर्सबर्गको दोस्रो हाफमा भएको एक मात्र गोलको सहयोगमा स्वीडेन जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

मंगलबार सेन्ट पिटर्सबर्गमा भएको नकआउट चरणको खेलमा स्वीडेनले स्वीट्जरल्यान्डलाई १–० गोलअन्तरले हराएको हो । पहिलो हाफ निरस बनेको खेलको ६६ औं मिनेटमा फोर्सबर्गले गोल गरेका हुन् । यो गोल नै निर्णायक बनेपछि स्वीडेनलाई अन्तिम आठमा पुग्न पर्याप्त भयो ।


स्वीडेन २४ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा स्वीडेन अन्तिम आठसम्म पुगेको थियो । यस पटक टोलीले विश्वकपमा छनोट हुन चार पटकको विश्वकप विजेता इटालीलाई युरोपियन छनोटअन्तर्गत प्लेअफ खेलमा हराएको थियो ।

उता हारले स्वीट्जरल्यान्डको लागि अन्तिम १६ बाटै विदा हुनु प¥यो । अन्तिम मिनेटमा टोलीले एक खेलाडी पनि गुमाएको थियो । स्वीस टोलीको डि बक्समा बल लगिरहेका मार्टिन अल्सनलाई माइकल लान्गले धकेलेपछि उनले रातो कार्ड बेहोरेका हुन् । तर पेनाल्टीको संभावना भने भारले अस्विकार गरिदिएको थियो ।

 

—स्वीट्जरल्यान्डले विश्वकपको नकआउट खेल जितेको छैन ।
— स्वीट्जरल्यान्डले १९५४ विश्वकपमा नकआउट चरणमा गोल गरे यता अहिलेसम्म नकआउट खेलमा गोल गर्न सकेको छैन ।
—स्वीडेनले १९५४ विश्वकपपछि लगातार दुई खेल जितेको छ ।
—स्वीट्जरल्यान्डको यो अघिल्ला चार विश्वकपमा १५ खेलमा चौथो हार थियो।
—फोर्सबर्गले विश्वकपमा पहिलो पटक गोल गरेको ।

प्रतिक्रिया दिनुहोस्