रुसमा चुम्बन गर्ने बढे



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपमा महिला रिपोर्टरहरुलाई चुम्बन गर्ने घटना बढिरहेको छ । ताजा घटनाअनुसार स्पेनकी एक रिपोर्टरलाई दर्शकले चुम्बन गरेका छन् । मारिया गोमेज नामको उक्त महिला रिपोर्टरले खेल हुन अगाडि प्रत्यक्ष प्रसारण गरिरहेकी थिइन् ।

उनले ट्वीटरमा भिडियो राखेकी छिन् । जसमा एक दर्शक छिटो आउँछन् र उनको गालामा चुम्बन गरेर भागेका थिए । यो घटना हुँदा मारियालाई सम्हाल्ने मौका नै पाएन ।
मारियाले भिडियो ट्वीटरमा राखेर यसलाई लाजमर्दो बताएकी छिन् । उनले लेखेकी छिन्–यो घटनाले महिलालाई सामान्य रहन दिने छैन ।

मारियाको साथ भएको घटनामा धेरैले तीखो प्रतिक्रिया दिएका छन् । जसमध्ये एकले लेख कि विश्वकपमा महिला रिपोर्टरहरुका साथ यस्तो व्यवहार निन्दनीय छ । एउटा नयाँ शैलीको टे«न्ड शुरु भएको छ जसको जमेर विरोध गर्नु पर्ने भएको छ । यसअघि कोलम्बिया र ब्राजिलका महिला रिपोर्टरलाई पनि यसरी नै चुम्बन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्