दुर्घटनामा छ भारतीयको मृत्यु



इटहरी ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय बिआर ०६ पीवी ६४१८ नं को बलेरो जिप दुर्घटना हुँदा छ भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा अरु तीनजना भाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

गएराति कोशी ब्यारेजबाट सुनसरी सदरमुकाम इनरुवातिर आइरहेको उक्त भारतीय गाडी सडकबाट पानीमा खस्दा ती यात्रुको मृत्यु भएको हो ।

उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारत विहार राज्यको सुपौल जिल्ला लक्ष्मनिया गाउँका ६० वर्षीया ललितादेवी राम, ३६ वर्षीय सुरेन्द्र राम, ३० वर्षीय धीरेन्द्रकुमार, सात वर्षीय गुनुकुमार, ४१ वर्षीय सञ्जिवकुमार र ३० वर्षीया कञ्चनकुमारी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका नीलुदेवी पोद्दार, आदिकुमार र ललन कुमारको विराटनगरस्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्