ओम डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत



काठमाडौं, (नेस) ओम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३÷७४ मा वितरण गरेको १७ दशमलव ६९ प्रतिशत अर्थात ३७,८१,०७३ कित्ता बोनस शेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । बोनस शेयर वितरणपछि बैंकको जम्मा सूचीकृत शेयर २,५१,५२,३५६ कित्ता पुगेको छ ।

२ अर्ब ५१ करोड ५२ लाख ३५ हजार ६ सय चुक्ता प“ुंजी रहेको बैंकको प“ुंजी संरचना संस्थापक शेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत रहेको छ ।

 

बैंकले जेठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम संख्या १७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्