२० औं शताब्दीका फुटबल जादुगर



चमत्कारी समयानुकुल चल्नेवाला, तीक्ष्णबुद्धि,छुट्टै प्रकारको,असंभव गोल गर्नसक्ने, सोच्ने नसकिने हिरो, अनौठो खेलाडी । हाल विश्व प्रेस जगत्लाई २१ वर्षीय रोनाल्डो लुइस नाजरियो डे लिमाको लागि विशेषण खोज्न गाहो भइरहेको छ ।

यी खेलाडीले कलिलो उमेरमै अनौठो खेल देखाई स्पेनिस फुटबललाई तलमाथि पारिदिएका थिए । हाल रोनाल्डो इन्टर मिलानबाट खेलिरहेका छन् । र छोटो समयमा नै यिनी मिलानका लागि प्रिय बनिसकेका छन् ।

१९९६ को गृष्ममा हल्यान्डको पीएसभी आइनहोभीनबाट २० मिलीयन डलरमा रोनाल्डोलाई बार्सिलोनाले किनेको थियो । निकै ठूलो धनराशि बार्सिलोनाले तिरेपछि त्यो उनको मूल्य ठीक थियो कि थिएन कसैले भन्न सकेन । तर यी खेलाडीले कसैले पत्याउनै नसकिने किसिमले एकाएक माथि उठे र आफनो मूल्य सहि भएको साबित गरिदिए ।

एटलेटीको मेड्रिड विरुद्धको स्पेनिस कपमा रोनाल्डोले गोल, पास र ड्रिबलिङको चमत्कार देखाई आफनो क्लबलाई मात्र नभई सबैलाई प्रभावित गरे ।

स्पीड, पावर र टेक्निक तीनवटै चीजमा निपूण देखिएका रोनाल्डोले सान्टियागोमा कोम्पोसेतला विरुद्ध गरेको गोलले उनलाई चर्चाको शिखरमा पु¥याए । यो गोल स्पेनिस फुटबलको मात्रै नभई विश्व फुटबलकै एक उत्कृष्ट गोल थियो ।

६० मिटर टाढादेखि एक्लैले ड्रिबलिङ गर्दै लगेर ५ जना डिफेन्डरलाई छल्दै एकजनाको नराम्रो ट्याकललाई पार गर्दै रोनाल्डोले उक्त गोल गरेका थिए । जुन गोललाई टीभीले ४८ घण्टाको समयमा १६० पटक रि प्ले गरेर देखाएको थियो । त्यसको केही दिनपछि उनले भ्यालेन्सियाविरुद्ध ह्याट्रिक गरी आफनो गोल गर्ने क्षमतालाई स्पष्ट पारे ।

उक्त ३ वटै गोल सान्तियागोमा गरेको गोल स्तरको बराबर थियो । यस सफलताले यिनले स्पेनमा ठूलो सम्मान पाए ।

रोनाल्डोको अदभूतपूर्व स्किलले गर्दा यिनलाई ब्राजिलमा पेलेपछिको खेलाडीको रुपमा लिइएको छ । फुटबलका चारजना देवता म्याराडोना, पेले, डि स्टिफानो र क्राइफ रहेको स्थानमा पुग्न भने रोनाल्डोको बाटो अझै लामो छ ।

प्रतिक्रिया दिनुहोस्