इनिस्टाले संन्यास लिए



मेड्रिड, (एजेन्सी)
जारी विश्वकपअन्तर्गत प्रिक्वाटरफाइनलबाट स्पेन बाहिरिएपछि टोलीका दिग्गज खेलाडी एन्डे«ज इनिस्टाले संन्यास लिएका छन् । विश्वकप २०१० फाइनलमा विजयी गोल गरेका इनिस्टाले अन्तर्राष्ट्रिय करियर समाप्त गरेका हुन् ।

उनले रुसमा हुने विश्वकप खेल्न अगाडि नै यो प्रतियोगिता अन्तिम भनेका थिए । उनले स्पेन रुससँग हारेलगतै बताए—वास्तविक यो हो कि यो राष्ट्रिय टोलीसँग मेरो अन्तिम खेल थियो । कहिलेकाही अन्त त्यस्तो हुँदैन जति तपाईले सपना देखेको हुन्छ ।

रुसविरुद्धको खेलमा इनिस्टा दोस्रो हाफमा मैदानमा स्थापन्न भएका थिए । पेनाल्टी शुटआउटमा रुससँग उनको टोलीले ४–३ अन्तरले हार बेहोरेको थियो । स्पेनका लागि १३१ खेल खेलेका इनिस्टाले बताए—हारले यो मेरो लागि सबैभन्दा दुखद दिन बन्यो ।

प्रतिक्रिया दिनुहोस्