ब्राजिल २–० ले अग्रता



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिको विरुद्ध २–० को अग्रता लिएको छ ।
खेलको ८८ औँ मिनेटमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–०को अग्रता दिलाएका हुन् । उनले मैदानमा प्रबेश गरीको केही मिनेटमै नेयमारको पासमा गोल गरेका हुन् । यसअघि नेयमारले भने खेलको ५१ औँ मिनेटमा विलियनको पासमा पहिलो अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्