सात वर्षिया बालिका वलात्कार गर्नेलाई मृत्युदण्डको माग



नयाँदिल्ली,(एजेन्सी)
केन्द्रीय भारतिय राज्य मध्य प्रदेशमा एकजना सात वर्षिया बालिकाको निर्मम वलात्कारलाई लिएर व्यापक जन आक्रोश बढिरहेकोबेला प्रहरीले दुईजना पुरुषलाई गिरफतार गरेको छ । शनिवार हजार्रौ मानिस सडक सडकमा ओर्लेर पिडितलाई न्याय दिलाउन माग गरेका छन् ।

छुरा प्हार समेत गरिउका ति बालिकाको चिन्ताजनक स्थितीमा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मंगलवार उनलाई उनको बिद्यालय बाहिर अपहरण गरिएको थियो । सो राज्यका मुख्य मन्त्री लगायत सम्पुर्ण जनताले दोषिहरुलाई मृत्युदण्डको माग गरेका छन् ।

मुख्यमन्त्री शिवराज चौहानले पत्रकारहरुलाई बताएका छन् , ‘ यस्तो निदन्नीय अपराध गर्ने जनावरहरु पृथ्वीको बोझ हुन् , तिनीहरुको बाँच्ने अधिकार छैन । ’ मध्य प्रदेश राज्यका वकिल संघले पनि ति वलात्कारीको तर्फबाट बहश गर्न अस्विकार गरेको छ ।

बुधवार रक्ताम्य र बेहोश हालमा भेटिएकी ति बालिकाको ज्यान खतरा मुक्त भएपनि उनका चोटहरु निको हुन लामो समय लाग्ने डाक्टरहरुले बताएका छन् । प्रहरीले बिद्यालय नजिकको सिसिटिभि फुटेजको आधारमा तिनीहरुलाई पक्राउा गरिएको बताएको छ । सो फुटेजमा एकजना वलात्कारीले बालिकालाई चकलेट दिएर हिंडेको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्