सयौं पटक बम आक्रमणको धम्की दिने किशोर !



जेरुसेलम,(एजेन्सी)
इजरायलको एक अदालतले एकजना १९ वर्षिय अमेरिकी – इजरायली किशोरलाई यहुदी बिद्यालय र सामुदायिक केन्द«हरुमा बम पडकाउने वा आक्रमण गर्ने सयौं पटक धम्की दिएको अभियोगमा दोषि ठहर गरेको छ ।

माइकल रोन डेविड काडार नामक त किशोरलाई जवर्जस्ती पैसा असुलेको , मुद«ा अपचलन गरेको र एकजना प्रहरी अधिकारीलाई उत्पीडन गरेको अभियोगमा पनि दोषि ठहराइएको छ । उनले इनटरनेट मार्फत अमेरिका , संयुक्त अधिराज्य , क्यानाडा , न्युजिल्यान्ड र अष्ट्रेलिया टेलिफोन गरी झुठो सुचना दिने गरेका थिए ।

उनका चेतावनीको कारण मानिसहरुलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा सार्नु परेको थियो भने यहुदी नेताहरु निकै तनावमा परेका थिए । थुप्रै पटक उनको झुठो र धम्कीपर्ण सुचनाका कारण विभिन्न एयरलायन्सले आफ्ना विमानहरुको आपतकालिन अवतरण गराएका थिए ।

अमेरिकी र इजरायली सरकार लगायत अमेरिकाको संघिय जााचबुझ ब्युरो ( एफबिआइ ) को अनुसन्धानपछि काडारलाई सन् २०१७ को मार्चमा इजरायली शहर आस्केलोनमा गिरफतार गरिएको थियो । उनी विरुद्ध यहुदी किायहरु , एयरलायन्स , विमानस्थल , प्रहरी कार्यालय , अस्पताल र खेल आयोजना स्थलहरुमा दुई हजार वटा भन्दा बढि बमको धम्की दिएको अभियोग लगाइएको हो ।

उनले सन् २०१५ देखि यस्तो काम गर्न थालेको भएपनि उनले अठार वर्ष उमेर पुगेपछि अर्थात सन् २०१६ देखि गरेका अपराध विरुद्ध मात्र मुद्ध चलाइएको इजरायली वकिलहरुले बताएका छन् ।

उनले दिएको सुचनाको कारण २०१७ को फेब्रुअरीमा थुपै्र वेलायती यहुदी बिद्यालयहरु र लन्डन स्थित यहुदी संग्रहालय सुरक्षाको दृष्टिकोणले खाली गराइएको थियो । उनले लन्डनबाट अमेरिकाको न्युयोर्क तर्फ हुने ब्रिटिस उयरवेजका उडानहरुमा पनि धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्