जगन्नाथ मन्दिरमा भारतका राष्ट्रपति कोविंदमाथि दुब्र्यवहार



नयाँदिल्ली (एजेन्सी)
भारतका राष्टपति रामनाथ कोविंद र उनकी पत्नी सविता कोविंदलाई पुरीको प्रसिद्ध जगन्नाथ मन्दिरका पन्डाहरुद्वारा दुब्र्यवहार भएको खुलासा भएकोछ । राष्टपति कोविंदले दलित समुदायलाई प्रतिनिधित्व गर्छ ।

राष्ट्रपति भवनले उक्त दुब्यर्वहारलाई लिएर गहिर। असन्तोष ब्यक्त गरेको छ । यो घटना गत मार्च १८ राष्ट्रपति कोविन्द र उनकी पत्नी प्रभु जगन्नाथको दर्शनका लागि गएको बेला भएको थियो । गत मार्च २० मा भएका मन्दिरको प्रबन्धन कमिटीको बैठकको विवरण सन्चार माध्यम मार्फत बाहिर आएपछि मात्र मंगलबार यो कुरा थाहा पाएको हो ।

सन्चार माध्यममा चुहावत भएको बैठकको माइनुट्समा भनिएको छ– महामहिम राष्ट्रपति जब प्रभु जगन्नाथ विरामान भएका रत्न सिंहासनमा माथा टेक्न गए, त्यहाँ उपस्थित सेवकहरुले उनका लागि मार्ग छोडेन । केहि सेवक महामहिम राष्टपतिको शरीरसँग ताँस्सिएका थिए । यहाँसम्मकी महामहिम राष्टपतिकी पत्नी, भारत बर्षकी ‘फस्र्ट लेडी‘ उनको अगाडी आएका थिए । यस विषयलाई लिएर राष्ट्रपति भवनका तर्फबाट असन्तोष ब्यक्त गरिएको छ ।

राष्टपतिले पुरी छोड्ने अगाडी जिलाधिष अरबिन्द अग्रवालसँग असन्तोष ब्यक्त गरेका थिए । उनी गएको केही समय पछि नै त्यहाँका सवारत दामोदर महासुआरले सन्चार माध्यम समक्ष राष्टपतिका तर्फबाट एक रुपैयाँ पनि दक्षिणा प्राप्त नभएको गुनासो गरेका थिए ।

राष्टपति र उनकी पत्नीसँग भएको गलत ब्यवहार आफैमा आश्चर्यजनक हो । त्यसमा पनि राष्ट्रपतिले असन्तोष ब्यक्त गरेको र मन्दिर प्रबन्धन कमिटीको बैठकमा त्यसमाथि चर्चा भएको तीन महिनापछि पनि मन्दिर प्रशासनले अहिलेसम्म यस संवेदनशिल मामिलामा कसैको विरुद्ध कुनै कारवाही नहुनुलाई अचम्मको रुपमा लिइएको छ ।

यो तीन महिनामा मन्दिर प्रशासनले यो पुरै घटनामा पर्दा हाल्ने काम मात्र गरेको बताइएकोछ । यस प्रकरणमा मन्दिर प्रशासनका कुनै पनि अधिकारीले प्रतिक्रिया दिन तयार नभएको जनाइएको छ । तर यो कुरा सन्चार माध्यममा आएपछि भने जिला तथा मन्दिर प्रशासनले त्यसको छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्