कान्छी जापानमा



राजविन थापा, टोकियो, जापान

नायिका तथा निर्मात्री स्वेता खड्काद्वारा निर्मित फिल्म कान्छीको टोकियो शोका लागि त्यसका निर्देशक एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी जापान पुगेका छन्। कान्छी आगामी आइतबार टोकियोस्थित नाकानो जेरो सिटी हलमा प्रदर्शन हुँदैछ।

अधिकारीलाई हानेदा एयरपोर्टमा कान्छी प्रदर्शन समूहका कार्यक्रम संयोजक दीपेन्द्र पौडेललगायतको आयोजक टिमले भव्यताका साथ स्वागत गरेको थियो। कार्यक्रम संयोजक पौडेलले कान्छीको टोकियो शोको तयारी तथा व्यवस्थापनको पूर्ण तयारी गरिसकिएको जानकारी गराउँदै जापानबासी सम्पूर्ण नेपालीलाई कान्छी हेर्नका लागि आमन्त्रण पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्