रोहिंग्या मुसलमानविरुद्ध बलात्कार र हिंसा भएको छः एम्नेस्टी



जेनेभा, (एजेन्सी)
एम्नेस्टी इन्टरनेसनलले मानवताविरुद्ध अपराधका लागि म्यान्मार सेनाका बहालवाला अधिकारीहरूलाई कारबाही गर्नुपर्ने जनाएको छ।मानव अधिकारका लागि काम गर्ने उक्त अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले म्यान्मारमा अल्पसंख्यक रोहिंग्या मुसलमानको विद्रोह दबाउन बर्बर प्रयास र मानवताविरुद्ध सेनाका अपराधको प्रमाण जारी गरेको छ।

सेनाका जवानले सुनियोजित अभियानअन्तर्गत रोहिंग्या समुदायका गाउँलाई निसाना बनाइ बलात्कार गरेको, नागरिकलाई प्रताडित तथा हत्या गरेको एम्नेस्टीले जनाएको छ। म्यान्मार सेनाले लगातार उसले विद्रोही हमलाको जवाफ दिएको बताउँदै आएको छ। तर एम्नेस्टीले प्रतिवेदनमा यसका लागि सेनाले पहिले नै तयारी गरेको उल्लेख गरेको छ।उक्त प्रतिवेदनलाई लिएर म्यान्मार सेनाको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर उनले जातीय हिंसा र शक्तिको अत्यधिक प्रयोग गरेको आरोपलाई अस्वीकार गरेको छ।

गत वर्ष अगस्टमा अराकान रोहिंग्या साल्वेसन आर्मी अर्थात् एआरएसएले म्यान्मारको रखाइन प्रान्तमा प्रहरी चौकीहरूमा आक्रमण गरेका थिए। त्यसपछि म्यान्मार सेनाले विद्रोहीलाई निसाना बनाएको उल्लेख गर्दै रोहिंग्या समुदाय विरुद्ध अभियान चलाएका थिए। सेनाको जवाफी कारबाहीका कारण रखाइन प्रान्तबाट हजारौं रोहिंग्या मुसलमान पलायन हुन बाध्य भए र कयौं गाउँलाई जलाइदिएका थिए। अहिलेसम्म ७ लाखभन्दा धेरै रोहिंग्या मुसलमान आफ्नो देश छोडरे बंगलादेश छिरिसकेका छन् र उनीहरू शरणार्थी शिविरमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्