ट्रम्प–पुटिन शिखर वार्ता हेलन्सिकीमा



वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी महिना फिनल्यान्डको राजधानी हेलेन्सिकीमा शिखर वार्ता हुने बताइएको छ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले आउँदो १६ जुलाईमा हुने सो वार्तामा दुई राष्ट्रबीचको सम्बन्ध र राष्ट्रिय सुरक्षा विषय बारे व्यापक छलफल बुधबार हुने जनाएको छ।

रुसको राजधानी मस्कोमा पुटिन र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोलटनबीच बुधबार भएको भेटवार्तापछि सो शिखरवाताको निर्णय भएको थियो। गत वर्षको नोभेम्बरमा भियतनाममा सम्पन्न एसिया– प्रशान्त सम्मेलनको दौरान ट्रम्प र पुटिनबीच भेटवार्ता भएको थियो।

यस शिखर वार्तालाई लिएर बोल्ने क्रममा ट्रम्पले पुटिनसंग सिरियाको युद्ध र युक्रेनको स्थितिबारे छलफल गर्ने जानकारी दिएका छन्। पुटिनसँगको भेटघाटपछि बोल्टनले ट्रम्पकै अनुरोधमा भेटघाटको सम्भावना खोज्ने उद्देश्यले आफूले रसियाको भ्रमण गरेको पत्रकारहरूलाई बताएका छन्। बोल्टनले भनेका छन्– ‘दुवै नेताले यस शिखर सम्मेलनलाई आपसी सम्बन्ध सुधार्न प्रायेग गर्न चाहेका छन्।

दुवै नेताले आपसी समस्या र सहयोगका क्षेत्रहरूबारे छलफल गर्न चाहेका हुन्।पुटिनले भने– ‘रसियाले कहिल्यै पनि अमेरिकासँग द्वन्द्व नचाहेको बरु अमेरिकाभित्रकै राजनीतिक कारणले समस्या सिर्जना भएको बताएका छन्।’

प्रतिक्रिया दिनुहोस्