म ठिक छु-म्याराडोना



लन्डन, (एजेन्सी)
अर्जेन्टिनाको जितमा लिजेन्ड डिएगो म्याराडोना यति सम्म खुशी भए कि अस्वस्थ हुँदै अस्पतालमा पुग्नु परेको थियो । म्याराडोनाले दुई घण्टापछि इन्स्टाग्राममा तस्वीर पोस्ट गरेर आफु ठिक भएको जनाएका थिए । अर्जेन्टिनाको हरेक खेलमा उपस्थित भएका म्याराडोनाले नाइजेरियाविरुद्धको जित अस्वस्थ भैकन पनि हेरेको पनि बताइएयो ।

५७ वर्षीय पूर्व फुटबलरले उनलाई अस्पताल नलगिएको भने पनि त्यहाँका संचार माध्यमले उनलाई अस्पताल लगेको दावी गरेको थियो । उनीहरुको अनुसार उनी बसेको सीटबाट उठ्न पनि गाह«ो भइरहेको थियो । उनलाई अरुले सहारा दिइरहेको तस्वीर पोस्ट भइरहेकोले पनि उनी अस्वस्थ भएको पुष्टि हुन्छ ।

उनले भने—गर्दन ज्यादै दुखेको थियो । सबैलाई भन्न चाहन्छु कि म ठिक छु । डाक्टरले मलाइ परीक्षण गरेपछि घर जान भनेको थियो । तर हामीहरु जोखिममा रहेको बेला, कसरी म खेल हेर्न छाड्न सक्छु ।

अर्जेन्टिनाले जितेपछि आफुले लामो श्वास तानेको पनि म्याराडोनाले बताए । यसअघि १–१ को स्थिति हुँदा उनको आँखाबाट आँसु आएको थियो । जुन स्थितिले अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिन बाध्य थियो । अर्जेन्टिनालाई १९८६ विश्वकपमा उपाधि दिलाएका म्याराडोनाले ३४ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्